+
Search

ताजा अपडेट +

पपुलर +

माघ २९ मा छुट अस्थायी करार शिक्षकको राष्ट्रिय सम्मेलन हुँदै

डबली खबर
७ साल अगाडी

काठमाडौँ / सरकारले छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको मागलाई सम्बोधन नगरेको भन्दै यहि माघ २९ गते काठमाडौमा पहिलो राष्ट्रिय सम्मेलनको आव्हान गरेको छ ।

संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले आफुहरुले राखेको पछिल्लो माग र छलफलको बिषयलाई सरकारले कुनै लिखित तथा मौखिक निर्णय नदिएको भन्दै थप दवावमुलक आन्दोलनको लागि राष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभयो।

समितिले पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटिका सदस्य नारायणकाजी श्रेष्ठलाई मंगलबार ज्ञापन पत्र बुझाएका थिए । करार शिक्षकहरुलाई संघीय शिक्षा ऐनमा उल्लेख हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

खुल्ला शिक्षकको नतिजा प्रकाशनसँगै छुट करार अस्थायी शिक्षकहरुको रोजीरोटी खोसिने भन्दै समितिले नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा १८ को समनाताको हक र धारा ३३ को रोजगारीको हक बमोजिम ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई सेवाबाट विस्थापित गर्नबाट जोगाएर रोजगारीको हक सुनिश्चित गर्न र नवौं शिक्षक ऐन बमोजिम अस्थायी शिक्षक सरह ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकलाई पनि संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षामा सामेल गर्न माग गरेका छन् ।

शिक्षक महासंघ छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिप्रति सकारात्मक रहेको छ । समितिले महासंघलाई प्रतिबद्धताप्रति अडिग रहन र खुल्ला शिक्षकको नतिजा प्रकाशनसँगै छुट करार अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने तयारी गरेकाले रोजीरोटीका निम्ति ध्यानाकर्षण गराएको जनाएको छ ।

देशभर करिब १३ हजार अस्थायी करार शिक्षक रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ