+
Search

ताजा अपडेट +

पपुलर +

डिशहोमले किन्यो सिम टिभि, सर्वसाधारणका लागि पनि सेयर निष्काशन गर्ने तयारी

Dish Home Sim TV
डबली खबर
७ साल अगाडी

काठमाडौं । डिश मिडिया नेटवर्क (डिसहोम) ले सिम्पल मिडिया नेटवर्क (सिम टिभि) किनेको छ । दुबै कम्पनीबीच शुक्रबार बसेको बैठकमा डिशहोमले सिम टिभि किन्ने गरि खरिद सम्झौता भएको हो ।

यसका साथै कम्पनीले सोमबारबाटै सिम टिभिको व्यवस्थापनको सम्पूर्ण जिम्मा लिने भएको छ । सन् २००९ मा स्थापना भएको डिशहोम नेपालको पे टिभि इन्डष्ट्रीमा सबै भन्दा सफल र ठुलो कम्पनी हो । २०७४ असार १८ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ । यसका साथै कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा गरेको जानकारी दिएको छ । यस्तै सिम टिभि नेपालको मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको संस्था हो ।

सिम टिभिका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभिको खरिद पछि टिभि हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहँुचमा पुग्न जानकारी दिएका छन ।

डिसहोमले नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने बताएको छ । -बिजखबर

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ