मङ्सिर १०, नुवाकोट । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ।
काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा यहि मङ्सिर १२ र १३ गते हुने दुई दिने प्रतियोगिता खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्भावको अनुभव दिलाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।
खेलकुद संस्कृतिको प्रवर्द्धन, विभिन्न क्षेत्रका खेलाडी तथा खेलप्रेमीबीच सम्बन्ध विस्तार र अर्थपूर्ण सहकार्य स्थापित गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ।
प्रतियोगितामा ‘होल इन वान’ हासिल गर्ने खेलाडीलाई आधुनिक ‘स्कोडा एसयूभी’ गाडी पुरस्कारस्वरूप प्रदान गरिनेछ।
अन्य विधाका विजेताहरूलाई चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज दिइने व्यवस्था मिलाइएको छ।
प्रतियोगितामा आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमडब्लु तथा बाराहसिंघेको सहकार्य रहने बैंकले जनाएको छ।