+
Search

ताजा अपडेट +

पपुलर +

टीभीएस र जगदम्बा मोटर्सद्वारा नुवाकोट–रसुवालाई २५ मोटरसाइकल सहयोग

डबली खबर
५ मिनेट अगाडी

मङ्सिर ७, नुवाकोट । टीभीएस मोटर कम्पनीले आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट र रसुवाका स्थानीय तह, सरकारी कार्यालय, विद्यालय र स्वास्थ्यचौकी चौकीलाई टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।

कम्पनीले दुई जिल्लाका सरकारी कार्यालय, अस्पताल, प्रहरी, विद्यालय तथा स्थानीय संस्थाहरूलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको हो । स्थानीय संस्थाहरूको आवागमन सहज बनाई सेवा प्रवाह थप प्रभावकारी बनाउने उद्देश्यले यो सहयोग गरिएको जनाएको छ ।

हस्तान्तरण गरिएकामध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र रसुवालाई पाँच–पाँच वटा, विदुर नगरपालिकालाई दुई वटा, नुवाकोट केन्द्रीय कारागार, त्रिशूली अस्पताल एक–एक वटा प्रदान गरिएको छ। यस्तै, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यमिक विद्यालय, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्गदाङ्गे, थुलोगाउँ र लहरेपौवा स्वास्थ्य चौकीलाई एक–एक वटा प्रदान गरिएको छ।

यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले बाढी प्रभावित समुदायको पुनःस्थापनामा योगदान पुर्‍याउने लक्ष्य राखेका छन्। स्थानीय संस्थाहरूलाई आवागमन सुविधा उपलब्ध हुँदा उनीहरूले समुदायलाई दिने सेवा सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस पेयमान कार्गरले भने, “नेपाल हाम्रो लागि महत्त्वपूर्ण बजार हो। सेवा दिने समुदायमा सकारात्मक योगदान पुर्‍याउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। यी मोटरसाइकलले संस्थाहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने आशा गरेका छौँ।”

शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा मोटर्स सन् २०१५ सेप्टेम्बरदेखि नेपालमा टीभीएसका दुई तथा तीन पाङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ। दुवै कम्पनीले बजार विस्तारसँगै स्थानीय समुदाय सहयोगलाई निरन्तरता दिँदै आएका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ