कात्तिक २४, नुवाकोट । विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
कात्तिक २३ गते बिहान करिब १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर–१३ की ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
तीनै जनालाई जिल्ला अस्पताल त्रिशूली पुर्याइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।