+
Search

ताजा अपडेट +

पपुलर +

थ्री डी युवा क्लबलाई जर्सी सहयोग

डबली खबर
१८ मिनेट अगाडी

कात्तिक २४, नुवाकोट । विदुर नगरपालिका-९, कोलनीस्थित थ्री डी युवा क्लबलाई खेलकुद क्षेत्रमा हौसला र सहयोगस्वरूप जर्सी प्रदान गरिएको छ।

साइजन एजुकेसन कन्सल्टेन्सी प्रा.लि. का प्रोपाइटर रोशन अधिकारीले क्लबलाई उक्त सहयोग उपलब्ध गराएका हुन्। अधिकारीले खेलकुदमा संलग्न युवालाई प्रोत्साहन दिनुपर्ने धारणा व्यक्त गर्दै जर्सी वितरण गरेको उनले बताए ।

क्लब अध्यक्ष सुप्पल गुरुङका अनुसार यस सहयोगले स्थानीय युवा खेलाडीहरूलाई थप उत्साह मिल्ने अपेक्षा गरिएको छ। खेलकुद गतिविधिलाई निरन्तरता दिन र युवाहरूलाई खेलमैदानमा सक्रिय बनाउन यस्तो सहयोग महत्वपूर्ण हुने उनले बताए।

यसले क्लबको पहिचान बलियो बनाउनुका साथै आगामी प्रतियोगिताहरूमा सहभागिता बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

यसघि क्लबलाई विदुर नपा–८ निवासी श्याम शिवभक्तीले समेत जर्सी सहयोग गरेका थिए ।

स्थानीयस्तरमा खेलकुद प्रवर्द्धनमा निजी क्षेत्रको यस्तो सहयोगले युवा पुस्तालाई अनुशासन र टिमवर्क सिकाउने माध्यम बन्ने अपेक्षा गरिएको छ।

क्लबले भविष्यमा थप खेल गतिविधि सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ