कात्तिक १४, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले आफ्ना मातहतका कार्यालयहरूमा कार्यरत ६४ जना प्रहरीलाई लक्षित गरी अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक उज्ज्वलकुमार घलेले अनुशिक्षण दिएका हुन् ।
कार्यक्रममा रक्षात्मक सवारी, ट्राफिक नियमको पालना तथा व्यक्तिगत सुरक्षासम्बन्धी विषयमा प्रशिक्षण दिइएको जनाएको छ ।
उक्त कार्यक्रममा रक्षात्मक सवारी सञ्चालनका विधि, ट्राफिक नियमको प्रभावकारी पालना, सवारी दुर्घटना न्यूनीकरण र व्यक्तिगत सुरक्षाका विषयमा अनुशिक्षण प्रदान गरिएको थियो।
यस कार्यक्रमले प्रहरी कर्मचारीहरूमा सवारी सञ्चालनका क्रममा सुरक्षा चेतना बढाउने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।