+
Search

ताजा अपडेट +

पपुलर +

रगतको मौज्दात सकिएपछि रेडक्रसले रक्तदानका लागि विशेष आग्रह

डबली खबर
१ मिनेट अगाडी

कात्तिक ११, नुवाकोट । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदातालाई विशेष आग्रह गरेको छ।

दसैँको बिदापछि केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम कम भएका छन् भने अस्पतालमा बिरामीका लागि रगतको माग बढ्दो क्रममा छ। यसैले रेडक्रसले रक्तदानका लागि आह्वान गरेको हो।

केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले भने, “रक्तसञ्चार केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, प्याक्ट रेड ब्लड सेल  र पीआरपीको मौज्दात सकिएको छ। यसले बिरामीका लागि आवश्यक रगत व्यवस्थापनमा कठिनाइ भएको छ।”

उनले रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता र १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेका छन्। चाडपर्वका कारण कार्यालय र शैक्षिक संस्थामा बिदा हुँदा रक्तदान कार्यक्रम घटेको उनको भनाइ छ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले पनि स्वयंसेवी रक्तदाता तथा संघसंस्थालाई रक्तदानका लागि आह्वान गरेका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ