+
Search

ताजा अपडेट +

पपुलर +

आदिवासी दिवस पूर्वसन्ध्यामा दीप प्रज्वलन

Lighting of lamps on the eve of Indigenous Peoples' Day
सुनील श्रेष्ठ
१४ घण्टा अगाडी

साउन २३, बट्टार । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् (नेफिन) नुवाकोटले ३२ औं विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा दीपप्रज्जवलन कार्यक्रम गरेको छ।

परिषद्को आयोजनामा शनिबार साँझ विदुर नगरपालिका–२ स्थित बट्टारमा जिल्लास्थित विभिन्न आदिवासी जनजाति सङ्गठनका पदाधिकारीहरूको सहभागितामा दीपप्रज्जवलन गरिएको हो। कार्यक्रममा सहभागीहरूले बट्टार बजार परिक्रमा समेत गरेका थिए।

नेफिन नुवाकोटका अध्यक्ष भगवान राना मगर र नेवाः देय् दबू नुवाकोट जिल्लाका अध्यक्ष रामप्रसाद जोशीले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विश्व आदिवासी दिवस हरेक वर्ष अगस्ट ९ तारिखमा मनाइन्छ। आदिवासी जनजातिको अधिकार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि यो दिवस मनाउने गरिन्छ।

 

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ