असार ५, नुवाकोट । सूर्यगढी गाउँपालिकाको बजेट ४३ करोड ७ लाख २० हजार रुपैँया पारित भएको छ ।
१९औँ गाउँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश प्रस्तुत गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल) ले प्रस्तुत गरेको आव २०८३/८४ को लागि ४३ करोड ७ लाख २० हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेकी थिईन् ।
अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको छ।

प्रतिक्रिया