असार ५, नुवाकोट । भिरबाट लडेर तारकेश्वर गाउँपालिका–१ जन्तरे शिरानटोलका ३८ वर्षीय जितबहादुर तामाङको आज बिहान मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकबाल हवारीका अनुसार बिहीबार तामाङ खेतीपाती गर्न गएका साँझसम्म घर फर्केका थिएन । आज बिहान खोजीक्रममा मृतक अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेको उनले बताए ।
दाङसिङ प्रहरी चौकीबाट खटेका प्रहरीले तामाङको शवलाई बोकेर घरसम्म ल्याएर बुझाएको उनले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

प्रतिक्रिया