२५ वैशाख, विदुर । नुवाकोट जिल्ला अदालतमा विभिन्न प्रकृतिका कुल ३३ वटा मुद्दाहरू सुनुवाइको लागि दर्ता भएका छन् ।
साताभर हुने कार्यसम्पादनलाई व्यवस्थित बनाउन अदालतले दैनिक रूपमा मुद्दाहरूको वर्गीकरण गरी पेशी तोकेको हो।
सुनुवाइ हुने मुद्दाहरूमा अंशवण्डा, सम्बन्ध विच्छेद, सवारी अङ्गभङ्ग, र जबरजस्ती करणी जस्ता देवानी तथा फौजदारी दुवै प्रकृतिका मुद्दाहरू समावेश छन् ।
अदालतले मुद्दाको संवेदनशीलतालाई ध्यान दिँदै ‘थुनुवा’ भएका मुद्दा, बालबालिकासम्बन्धी मुद्दा र सरल प्रकृतिका मुद्दाहरूलाई प्राथमिकताका आधारमा संकेत समेत प्रदान गरेको छ ।

प्रतिक्रिया