+
Search

ताजा अपडेट +

पपुलर +

एफएनसीसीआईको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Anjan-Shrestha FNCCI Nepal
डबली खबर
४७ मिनेट अगाडी

२४ वैशाख, नुवाकोट । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उनको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो ।

जिल्ला तथा नगरतर्फ दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएर सफलता हासिल गरेका हुन् ।

त्यसैगरी, वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गरेका हुन्, जसले ६० मत पाएका थिए ।

एसोसिएटतर्फको उपाध्यक्ष पदमा लोमस फर्मास्युटिकल्सका प्रबलजंग पाण्डे विजयी भएका छन् । उनले मेरिगोल्ड ज्वेलर्सकी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा स्थान सुरक्षित गरेका हुन् ।

नयाँ नेतृत्वसँगै महासङ्घले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आर्थिक गतिविधि सुदृढ गर्ने, उद्योग–व्यापारमैत्री वातावरण निर्माण गर्ने र नीतिगत संवादलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई एक कार्यक्रमकाबीच शपथ ग्रहण गराएका छन् ।

महासङ्घका नवनिर्वाचित कार्यकारिणी समितिका सदस्यहरुलाई प्रमाण-पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत सपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ