+
Search

ताजा अपडेट +

पपुलर +

सुमित्रा सुमीको “कलेजी बर्को” विमोचित

sumitra-sumi kalejo barko book released from Nuwakot
डबली खबर
१ घण्टा अगाडी

१९ वैशाख, नुवाकोट । नेपाली साहित्यमा बहुआयामिक प्रतिभाका धनी सुमित्रा सुमीको कविता सङ्ग्रह “कलेजी बर्को” विमोचित भएको छ।

साहित्य संगम नुवाकोटद्वारा प्रकाशनमा ल्याईएको उक्त पुस्तकको देउडा संस्कृतविद् एवम् गायक नन्दकृष्ण जोशीले एक समारोहका बीच सार्वजनिक गरेका हुन्।

रसुवाको उत्तरगया-५ माझगाउँमा जन्मी नुवाकोटको विदुर नगरपालिका-४ लाई स्थायी थलो बनाएकी सुमीले साहित्यका विविध विधामा आफूलाई सशक्त रूपमा स्थापित गरेकी छिन्।

स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेकी उनले शिक्षण र पत्रकारितालाई पेसा बनाएकी छिन् । हाल “संगम” साहित्यिक पत्रिकाको सम्पादकको भूमिकामा पनि सक्रिय छिन्।

लेखनमा उनको रुचि कविता, गजल, हाइकु, मुक्तक, गीत र कथामा उत्तिकै प्रखर देखिन्छ। “कलेजी बर्को” उनको आठौँ एकल प्रकाशित कृति हो। यसअघि उनका “एक्लो कुसुम” (गजल सङ्ग्रह), “नदेखिएका स्वप्नहरू” (गजल सङ्ग्रह), र अन्य संयुक्त गजल र कविता सङ्ग्रहहरू प्रकाशित भइसकेका छन्। उनको एक गीति गजल एल्बम पनि बजारमा आएको छ।

सुमीको साहित्य यात्रालाई कदर गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ पुरस्कार र सम्मानहरू प्राप्त गरेकी छिन्।

उनी साहित्य संगम नुवाकोटको अध्यक्ष पनि हुन्।

उनी नेपाल रेडक्रस सोसाइटी नुवाकोटको आजीवन सदस्य र पल्लव साहित्य प्रतिष्ठान चितवनको आजीवन सदस्यका रूपमा पनि समाजसँग जोडिएकी छिन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ