+
Search

ताजा अपडेट +

पपुलर +

जलाधार र वन व्यवस्थापनलाई प्राथमिकता दिँदै नुवाकोटमा योजना छनोट कार्यक्रम

Project selection program in Nuwakot prioritizing watershed and forest management
डबली खबर
४३ मिनेट अगाडी

१६ वैशाख, नुवाकोट । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वन तथा वातावरण क्षेत्रका योजनाहरू छनोट गर्ने उद्देश्यले नुवाकोटमा एक महत्त्वपूर्ण योजना तर्जुमा कार्यक्रम भएको छ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रदेशसभा सदस्य रमेशकुमार महतसहित जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले जिल्लाको वातावरणीय संरक्षण र वन व्यवस्थापनका लागि स्थानीय आवश्यकताका आधारमा बजेट र कार्यक्रम तय गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरी, विभिन्न नगरपालिका तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरूले वन क्षेत्रको विकास र जलाधार संरक्षणका चुनौतीबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममै डिभिजन वन कार्यालयका प्रमुख प्रदीपनाथ शर्मा र भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख महेश पौडेलले हालसम्म सम्पादन भएका कार्यहरूको प्रगति प्रतिवेदन र आगामी वर्षका लागि प्रस्तावित योजनाहरूको प्राविधिक पक्षबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ