२९ फागुन, काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक ‘सिजी इलेक्ट्रोनिक्स’सँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क ‘एसी’ सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ।
यस पहलमार्फत एलजीका ग्राहकहरूले आफ्ना ‘एयर कन्डिसनर’हरू प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवा शुल्क बिना निरीक्षण तथा मर्मत गराउन सक्नेछन्।
यस सेवा शिविरमा ग्राहकहरूका लागि थप विभिन्न लाभहरू पनि उपलब्ध छन्।
ग्राहकहरूले विविध पाटपुर्जामा ५०% सम्म छुट, नयाँ एसी खरिद गर्दा २०% विशेष छुट र ४ हजार बराबरको निःशुल्क जडान सुविधा प्राप्त गर्न सक्नेछन्।
सेवा शिविरमा सहभागी हुने ग्राहकहरूले तीन हजार रुपैँया बराबरका दुईवटा सेवा कुपन पनि प्राप्त गर्नेछन् । जुन ६ महिनासम्म मान्य हुनेछ। यसले प्रारम्भिक सेवापछि पनि निरन्तर मर्मतसम्भार सहयोग सुनिश्चित गर्नेछ।

प्रतिक्रिया