+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोटमा १३ हराए, १० जना फेला

नुवाकोटमा १३ हराए, १० जना फेला
डबली खबर
२ महिना अगाडी

३ फागुन, विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष २०८२/८३ को माघ महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार उक्त अवधिमा हराएका १३ जना मानिस मध्ये १० जना फेला परेका छन् । जसमा बालक २ जना, बालिका ५ जना, जेष्ठ नागरिक १ जना, महिला २ जना र पुरुष १ जना रहेका छन् । अझै ३ पुरुष हराई रहेका छन् । हराएकाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

माघ महिनाको अवधिमा प्रहरीमा कुल २० वटा विभिन्न अपराधका मुद्दाहरू दर्ता भएको छ। जसमा २ वटा कर्तव्य ज्यान, ६ वटा झुण्डिएर आत्महत्या, र अन्य बैंकिङ कसुर, अभद्र व्यवहार तथा बाल यौन दुरुपयोग जस्ता मुद्दा रहेका छन्। दर्ता भएका मध्ये ९ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने ११ वटा प्रक्रियामा रहेका छन् ।

प्रहरीले दुईवटा जघन्य हत्याकाण्डको अभियुक्त पक्राउ गर्न सफल भएको छ। दुप्चेश्वर गाउँपालिका–१ मा बोक्सीको शंका र घरायसी विवादका कारण ३३ वर्षीया महिलाको हत्यामा संलग्न ओङ्दी शेर्पा र कुन्सा ग्याल्जेन शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै, बेलकोटगढी नगरपालिका–१ मा ४४ वर्षीय सन्तबहादुर तामाङको विभत्स हत्या गरी जमिनमुनी गाडिएको अवस्थामा शव फेला पारी संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो ।

प्रहरीले फैसला कार्यान्वयनतर्फ लामो समयदेखि फरार रहेका २६ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरूबाट १० महिना १५ दिन कैद र २ लाख १७ हजार ६ सय रुपैयाँ जरिवाना असुल उपर गरिएको छ। यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने २६२ वटा सवारी साधनलाई कारबाही गरी २ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रहरीले अपराध न्यूनीकरणका लागि समुदाय र विद्यालय केन्द्रित १३४ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ। यी कार्यक्रमहरूमा आत्महत्या न्यूनीकरण, लागूऔषध विरुद्धको अभियान, ट्राफिक नियम र बाल विवाह विरुद्धका विषयहरू समावेश थिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ