+
Search

ताजा अपडेट +

पपुलर +

होटल खाना–बास छोडेर ‘चित्रकला मेलामा’

drawing competition in Nuwakot
डबली खबर
४ महिना अगाडी

४ फागुन, नुवाकोट । तामाङ प्लाजा एग्रो रिसोर्टले आफ्नो मुख्य व्यवसाय खाना र बासभन्दा बाहिर रहेर ‘चित्रकला मेला’ आयोजना गरेको छ।

व्यवसायिक सोचभन्दा बाहिर गएर समाजलाई केही दिन खोजेको रिसोर्ट एक कर्मचारीले बताए । मेलामा बालबालिका र युवाहरूको सृजनशीलता, कला र प्रतिभाको उल्लखनीय सहभागिता रह्यो ।

पहिलो पटक नुवाकोटमा आयोजित उक्त मेलामा अन्तरजिल्लास्तरीय चित्रकला प्रतियोगिता, फेस पेन्टिङ, लाइभ आर्ट, पोटरी, स्टोन आर्ट, जम्पिङ क्यासल जस्ता थुप्रै रमाइला गतिविधि राखिएका थिए।

चित्रकलामेलाको ब्यानरमा उल्लेखित आयोजक

बालबालिकाको हातबाट बनेका चित्रहरुले नुवाकोट कलाक्रान्ति तिर लम्केको देखिन्थ्यो । तर रिसोर्टको मूल नारा ‘खाना र बास’ भने कुनै कुनामा हराएको जस्तो पनि देखियो।

मेलाको सबैभन्दा रोचक दृश्य त विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीको उपस्थिति थियो। दुवै जनाले प्रमुख अतिथि र विशेष अतिथिको ताज पहिरिएर भाषण गरे, पुरस्कार वितरण गरे र आफ्नै प्रतिबिम्ब बनाउन लगाए। स्थानीय तहका जनप्रतिनिधिले कार्यक्रमको आयोजककै हेक्का नै नराखी हाजिर भए । नियमन र खबरदारी गर्नुपर्नेमा भाषण गरेर आए ।

मेलामा सहभागी बालबालिकाहरूले बनाएका चित्रहरू हेर्दा लाग्थ्यो भविष्य कोर्दैछ । रिसोर्टले भने यो मेलालाई ‘सामाजिक उत्तरदायित्व’ को नाम दिएर आफ्नो व्यवसायिक छविलाई कलात्मक रङ लगाउने प्रयास गरेको देखिन्छ।

खाना र बासको रिसोर्टले कला मेला गर्दा होटलको बुकिङ बढ्छ कि घट्छ ? वा यो मेला पनि ‘अतिथिको फोटो र भाषण’ को लागि मात्र सीमित भयो ? जे होस्, नुवाकोटमा पहिलो पटक भएको चित्रकला मेलाले बालबालिकाको प्रतिभालाई त उजागर गर्‍यो नै, तर ठूला मान्छेहरूको ‘आथित्य लालसा’ पनि उत्तिकै उजागर भयो।

अब तामाङ प्लाजा एग्रो रिसोर्टले अर्को पटक ‘खाना र बास मेला’ आयोजना गर्ला कि फेरि कुनै नयाँ कला मेला, त्यो हेर्न भने बाँकी नै छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ