२० पुस, नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटलगायत ७७ जिल्लामा निर्वाचन अधिकृत तोकिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि दुई जना निर्वाचन अधिकृत नियुक्त गरिएको हो।
निर्वाचन क्षेत्र नं. १ का लागि भेषराज कोइरालालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। उनी हाल सर्वोच्च अदालतमा इजलास अधिकृतका रूपमा कार्यरत छन्।
त्यसैगरी, निर्वाचन क्षेत्र नं. २ का लागि कोमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। आचार्य हाल नुवाकोट जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा कार्यरत छन्।
निर्वाचन अधिकृत तोकिएसँगै नुवाकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको औपचारिक तयारी अघि बढ्ने विश्वास लिइएको छ।
निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउन सम्बन्धित अधिकृतहरूलाई जिम्मेवारीका साथ काम गर्न निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया