+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री अर्यालद्वारा बाल सुधार गृह अवलोकन

minister aryal visit center jail Nuwakot
डबली खबर
४ महिना अगाडी

५ पुस, नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको खम्बाली क्याम्पमा रहेको केन्द्रिय कारागारको स्थलगत अवलोकन गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले कारागारमा खालि रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा छिट्टै संचालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गरेका हुन् ।

मन्त्रिपरिषदको यहि पुष ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्नका लागि केन्द्रीय कारागारको कुल चार वटा ब्लक मध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो।

अवलोकनका क्रममा मन्त्री अर्यालले अव बालबिज्याइँकर्तालाई यहाँ खालि गरिएको बाल सुधार गृहमा छिट्टै स्थानान्तरण गरिने बताए । सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवाहरुसँग केहीबेर उनीहरुसँग कुरा गर्दै उनीहरुको गुनासा र परेका समस्याबारे चाख दिएका थिए । सोही क्रममा मन्त्री अर्यालले उनीहरुको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राखेका थिए ।

यस्तै, अवलोकनपछि मन्त्री अर्यालले कैदीबन्दीहरुको मानवअधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनु पर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिएका थिए ।

कैदीबन्दीका आफन्तले कारागारमा आफ्ना आफन्त भेट्न आउँदा यस कारागारसम्म पुग्ने सडकको पूर्वाधार निकै कमजोर भएको अवगत गराउँदै यहाँको सडक पूर्वाधार छिट्टै सुधार गरिने प्रतिवद्दता पनि मन्त्री अर्यालले व्यक्त गरे ।

बाल सुधार गृहमा बढीमा ५०० जना बाल बालबिज्याइँकर्ता सहज तरिकाले राख्न सकिने जनाएको छ । नुवाकोटको तीन वटा ब्लकमा कार्तिक महिनाको मास्केबारी अनुसार ८७३ जना कैदीबन्दी र थुनुवा रहेका छन् भने खालि रहेको एउटा ब्लकमा बढीमा ५०० को संख्यामा बालबिज्याइँ राख्ने सरकारको तयारी छ।

हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ