+
Search

ताजा अपडेट +

पपुलर +

दुई नेता सम्मानित

cpnuml nuwakot leader keshavraj pandey and binda dhungana
डबली खबर
५ महिना अगाडी

५ पुस, विदुर । नेकपा एमालेको भातृसंगठन रहेको प्रेस चौतारी नेपालको नुवाकोट शाखाले नेकपा एमाले पार्टीका दुई नेतालाई सम्मान गरेको छ ।

संस्थाले ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य (बागमती) मा निर्वाचित नुवाकोटका केशवराज पाण्डे र विन्दा ढुंगानालाई सम्मान गरेको हो । निर्वाचनबाट पाण्डेले एक हजार ५७१ मत र ढुंगानाले एक हजार ८०७ मत प्राप्त गरी विजयी भएका थिए ।

बट्टारमा आयोजित एक कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विष्णु जम्कटेल, संस्थाका संस्थापक अध्यक्ष शरण सापकोटा, अध्यक्ष श्रीराम अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा जिल्लास्थित सञ्चारमाध्यमको वर्तमान अवस्था, पत्रकारहरूले भोगिरहेका चुनौती र पत्रकारिताको पेशागत मर्यादा तथा सुदृढीकरणका विषयमा समेत छलफल गरिएको थियो।

सहभागी वक्ताहरूले लोकतन्त्रको सुदृढीकरणमा स्वतन्त्र, जिम्मेवार र व्यावसायिक पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रेस चौतारीको सक्रियतालाई सराहना गरेका थिए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ