१ मङ्सिर, नुवाकोट । रुपन्देही जिल्लामा रहेको सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २० लाख रुपैँयाको कारोबार गरेको छ। आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको ब्यापार ३८ करोड ४० लाख रुपैयाँ थियो। आव २०८०/८१ को तुलनामा कम्पनीको ब्यापार ४१.१५ प्रतिशतले बढेको हो।
यस अवधिमा कम्पनीको ब्याज र कर अघिको आम्दानी, ट्याक्सेसन एन्ड एमोरटाइजेसन (इबिटा) मार्जिन २.९६ प्रतिशतबाट बढेर १६.८७ प्रतिशत पुगेको छ । जुन विगत ५ आर्थिक वर्ष यता कै उच्च हो।
कम्पनीले ८० करोड रुपैयाँ बराबरको कर्जाको रेटिंग गराएको छ, जस मध्ये ४९ करोड दिर्घकालिन प्रकृतिको कर्जा हो भने ३१ करोड अल्पकालीन प्रकृतिको कर्जा हो। रेटिंग एजेन्सी इन्फोमेरिक्सले दिर्घकालिन कर्जालाई डबल बि माइनस र अल्पकालीन कर्जालाई ए फोर को रेटिंग प्रदान गरेको छ ।
कम्पनीले तामा र एलुमिनियमका तार तथा केवल उत्पादनमा गर्ने गरेको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता २७०९ मेट्रिक टन रहेको छ । कम्पनीको ५ वटा प्रदेशमा गरि २१५ वटा डिलर रहेका छन् ।

प्रतिक्रिया