१६ कात्तिक, काठमाडौं । नेपाल एसबिआई बैंकका अध्यक्ष बेंकट बंशीधर कुंचाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक कुंचालाई सर्वसम्मत्तीबाट अध्यक्षमा उनलाई चयन गरेको हो ।
कुंचा एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत थिए ।
नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष कुंचालाई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया