+
Search

ताजा अपडेट +

पपुलर +

सांग्रिला डेभलपमेन्टले मनायो वार्षिकोत्सव

sangrilla development bank
डबली खबर
६ महिना अगाडी

१४ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा शेयरधनीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले यो लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरि, वार्षिकोत्वसको अवसरमा बैंकद्वारा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा सेवाको ५ देखि १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ