+
Search

ताजा अपडेट +

पपुलर +

नगरपालिकाद्वारा प्लास्टिकका फूलगुच्छा बिक्री वितरणमा रोक

डबली खबर
७ महिना अगाडी

२८ असोज, नुवाकोट । विदुर नगरपालिकाले प्लास्टिकजन्य फूलगुच्छाहरूको उत्पादन, आयात, विक्री वितरण र भण्डारणमा पूर्णरूपमा रोक लगाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले २०६९ असार १२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाको पालना गर्न सम्पूर्ण व्यवसायी तथा नगरवासीमा अनुरोध गरेको हो।

नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी देशभर प्लास्टिकजन्य फूलगुच्छाहरूमाथि पूर्ण प्रतिबन्ध लगाएको थियो। यसै सूचनाको आधारमा विदुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र पनि यसको पालना गर्न आग्रह गरेको हो।

प्लास्टिकजन्य फूलगुच्छाहरूले वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले नेपाल सरकारले वातावरण संरक्षणको उद्देश्यले यी सामग्रीहरूको प्रयोगमा प्रतिबन्ध लगाएको हो।

नगरपालिकाले यस निर्णयको पालना गरी स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सहयोग गर्न सबै नगरवासीलाई आग्रह गरेको छ।

यदि कसैले उक्त सूचनाको पालना नगरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत जानकारी गराइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ