२८ असोज, विदुर । नुवाकोट निर्माण सामाग्री व्यवसायी सङ्घद्वारा राजेश हार्डवेयर्स प्रालि सम्मानित भएका छन् ।
सङ्घको १४औं वार्षिक साधारणसभाको अवसरमा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले राजेश हार्डवेयर्सका सञ्चालकलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरेकी हुन् ।
सङ्घको नियमअनुसार नियमित रुपमा शनिबार पसल बन्द गरी अनुशासित रुपमा व्यवसाय सञ्चालन गरेकोले राजेश हार्डवेयर्सलाई सम्मान गरिएको सङ्घका अध्यक्ष नविनकृष्ण राजभण्डारीले जानकारी दिए ।
यस्तै कार्यक्रममा सङ्घलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया