+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंक बट्टार शाखाद्वारा वित्तीय साक्षरता

prabhu bank financial program to students
डबली खबर
८ महिना अगाडी

१५ भदौ, नुवाकोट । प्रभु बैंक लिमिटेडको बट्टार शाखाले नुवाकोट जिल्लाको तादी गाउँपालिका–३ मा अवस्थित अमरज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

कार्यक्रममा बैंकका शाखा प्रमुख सुवर्णराज कँडेलले वित्तीय ज्ञान, बैंकिङ प्रणाली, बचतको महत्त्व, डिजिटल बैंकिङ, तथा जिम्मेवार आर्थिक व्यवहारबारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै वित्तीय साक्षरताको आवश्यकता र प्रभावबारे विस्तृत जानकारी प्रस्तुत गरिएको उनले बताए ।

विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा दैनिक जीवनमा वित्तीय निर्णय कसरी प्रभावकारी बनाउने, बैंकिङ सेवा कसरी प्रयोग गर्ने, तथा साइबर सुरक्षाबारे सचेत रहनुपर्ने विषयमा जानकारी गराएको उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले बैंकिङ प्रणालीबारे जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय विषयप्रति रुचि बढाएको बैंकले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ