+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा गोष्ठी

citizen bank international
डबली खबर
९ महिना अगाडी

९ भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा प्रेरणादायी प्रदर्शन र उत्कृष्टता हासिल गर्ने गोष्ठी कार्यक्रम आयोजना गरेको छ ।

बैंकले आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ गरिएको ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ नामक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा रहेको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको थियो ।

हालै मधेश र बागमती प्रदेशमा यस्तै प्रकारको गोष्ठी सञ्चालन गरिएको थियो त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा त्यसै किसिमको गोष्ठी गरिएको छ र अरु प्रदेशहरूमा पनि यसै गरी क्रमश आयोजना गरिने बैंकले जनाएको छ ।

कोशी केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेशस्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

समिक्षा अवधिभरमा बैंकको कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१ को असारमसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११।६९ प्रतिशतको वृद्धि भएको छ जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो ।

खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ