२२ असार, नुवाकोट । उपभोक्ता अदालतबाट चिकित्सकहरूले उपचारमा लापर्बाही गरेको भन्दै केही निजी अस्पताल र चिकित्सकलाई दोषी करार गर्दै क्षतिपूर्ति भराउने आदेश जारी भएपछि नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ।
सोहि आन्दोलनममा एक्यबद्धता जनाउँदै त्रिशूली अस्पतालका कार्यरत चिकित्सकहरुले भोलि असार २३ गते आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गर्ने डा. अमन न्यौपानेले जानकारी दिए ।
नेपाल चिकित्सक संघ कार्यकारीणी समितिको आकस्मिक बैठकद्वारा हालको बिषम परिस्थितिमा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको निष्कर्षमा पुग्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको पालना स्वरूप भोलि त्रिशूली अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरूले एकताबद्ध भई आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द राख्ने निर्णय गरिएको उनले बताए ।

प्रतिक्रिया