१८ असार, काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ३६ जना कर्मचारीहरुलाई ३ दिने पूर्व सेवाकालीन तालिम दिएको छ ।
प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त कनिष्ठ सहायक कर्मचारीहरुलाई संस्था सम्बन्धी कामहरु, नीति– नियमको बारेमा जनकारी गराउने उदेश्यले दिइएको संस्थाले जनाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले यस तालिमले लघुवित्तको काम प्रतिको ज्ञान बढाउनुका साथै काम गर्ने दौरानमा कामप्रति सकारात्मकता र सेवाभाव झल्कनु पर्ने बताए । जनताको असल सेवक बनेर बजारमा खरो रुपमा उत्रनु पर्ने निर्देशन दिए ।
तालिममा संस्थाका तालिम बिभागका प्रमुख उमेशमान डङ्गोलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया