+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाका ५६ जना बालबालिका विद्यालय बाहिर

डबली खबर
१० महिना अगाडी

१० असार, नुवाकोट । विदुर नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्दैछ ।

नगरपालिकाले गत वैशाख २ गते देखि ९ गतेसम्म सङ्कलन गरिएको विद्यालय बाहिर रहेका ४ देखि १३ वर्ष सम्मका बालबालिकाको वैयक्तिक विवरण संकलन गरेको थियो ।

नगरभित्र बसोवास गर्दै आएका ४ देखि १३ वर्षका बालबालिकाको लगत सङ्कलन गरिएको तथ्यांकअनुसार अपाङ्गता भएका बालबालिकामा १० जना, आर्थिक अभावको कारण २४ जना, आमाबुबाको कारण ९ जना, जन्मदर्ता नभएको, तनाव र इच्छा नभएको कारण १/१ जना गरी अन्य समस्याका कारण विद्यालय बाहिर रहेका छन् ।

नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत् विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म रुपमा लगत सङ्कलन गरेको नगरपालिकाका शिक्षा प्रमुख नवराज सापकोटाले जानकारी दिए ।

विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन अभियान अन्तर्गत यस शैक्षिक सत्रमा छात्रावृत्ति व्यवस्था गरिएको छ । उक्त घोषणाको लागि हरेक वडालाई १३/१३ हजार बजेट विनियोजन गरिएको छ ।

अहिलेसम्म नगरपालिकाका १, ४, ८, ९ र १३ वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भईसकेको छ ।

तर, नगरपालिकाका वडा नम्बर ८ र १३ का बालबालिका विद्यालयको पहुँमा रहेकोमा नगरका ११ वटै वडामा अभियान सञ्चालन गरेर असार १५ गतेभित्र अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ