+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुरातत्त्व विभागले पृथ्वीनारायण शाहको मूर्ति लादाँ स्थानीयको विरोध

पुरातत्त्व विभागले पृथ्वीनारायण शाहको मूर्ति लादाँ स्थानीयको विरोध
डबली खबर
१० महिना अगाडी

५ असार, विदुर । नुवाकोट साततले दरबारभित्र रहेको पृथ्वीनारायण शाह र दुई पटरानीको धातुको मूर्ति नुवाकोटमै राखिने भएको छ ।

बुधबार पुरातत्त्व विभागले राष्ट्रिय सङ्ग्राहलय छाउनीमा राख्नको लागि उक्त मूर्ति लाने क्रममा स्थानीयबासीलाई जानकारी नै नदिई लगिन खोज्दा विरोध जनाएको हो । नुवाकोटको सम्पदालाई संरक्षणको नाममा जिल्लाबाहिर लगिन नहुने स्थानीयको भनाई छ ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, वडा अध्यक्षहरु दीपक कायस्थ (२), कमल श्रेष्ठ (८), हरेराम भण्डारी (९), स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डे तथा कर्मचारी, पुरात्व विभागमा प्रतिनिधिहरु, स्थानीय अगुवाहरुको सर्वपक्षीय बैठकले पृथ्वीनागारायण र उनका दुई रानीको मूर्तिलाई नुवाकोटबाट काठमाडौं लग्न नदिने निर्णय गरेको थियो ।

तर, उक्त दरबार हेरचारका कार्यालय प्रमुख पाण्डेले सो निर्णय आफुले लिन नसक्ने भएर विभागलेनै निर्णय लिने भनेर पत्राचार गर्ने बताए । साततले दरबारको पुनर्निर्माणमा पृथ्वीनारायण मूर्तिमा असर पुग्ने भएकोले चिनियाँ पक्षले उक्त मूर्ति अन्यत्र सुरक्षित स्थान्तान्तरण गरेपछि मात्र कार्य थालनी अघि बढाउने भएकोले पुरातत्त्व विभागले राष्ट्रिय सङ्ग्राहलयमा अस्थाई रुपमा राख्न लागिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेले बताए ।

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले विभागलाई पठाएको पत्र

उनले जेठ २० गते विभागलाई पत्राचार गरेर दरबारको जिर्णोद्धार कार्य सम्पन्न नहुदाँसम्मको लागि उपयुक्त स्थानमा सुरक्षित गर्न अनुरोध गरेको थियो । सोहिअनुसार विभागले मूर्ति अस्थाई रुपमा स्थान्तरणको लागि राष्ट्रिय सङ्ग्राहलय छाउनी लागेको हो । कार्यालयको कामकारबाही सम्बन्धित निकायसँग हुने भएकोले स्थानीयलाई जानकारी नदिएको उनले बताए ।

“जब दरबारको पुनर्निर्माण सम्पन्न हुन्छ त्यसपछि मूर्ति पुन: नुवाकोट ल्याईने हो”, उनले भने “कुनै पनि पुरातात्विक सम्पदाको स्थान मर्मत गर्दा सङ्ग्राहलयमा राखिने अभ्यास नै छ । सोहिअनुसार विभागमा पत्राचार गरेको र आज अधिकृतसहितको टोली लिन आएको हो ।”

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले नागरिकको इच्छा, भावना बिपरित पृथ्वीको मूर्ति सङ्ग्राहलयमा पठाउन नहुने भएकोले विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसँग फोनमा कुरा गर्दै विदुर नगरपालिकाले साततले दरबारको पुनर्निर्माण नहुनुञ्जेलसम्म त्यस मूर्तिहरुको संरक्षण गरिने बताए ।

नगरप्रमुख श्रेष्ठले भने, “मूर्ति सुरक्षाको लागि दरबार क्षेत्र परिसरमा नेपाली सेना र प्रहरी छ । पुरातत्व विभागको जिल्ला कार्यालय नुवाकोटमै रहेको अवस्थामा प्राविधिक पक्ष हेरेर राख्न सकिने छ । त्यसको विकल्पमा पुनर्निर्माण नहुनुञ्जेलसम्म सबै नागरिकको सहमतिमा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय विदुरमा राख्न सकिने छ ।”

२ नम्बरका वडा अध्यक्ष दीपक कायस्थले आफ्नो वडामा रहेको सम्पदाको कुनै पनि जानकारी नदिएर स्थान्तरणमा गर्न लागेकोमा विरोध जनाए । नुवाकोटको सम्पदालाई आफ्नो वडाभन्दा बाहिर कहिँकतै लग्नु नहुने अडान लिएका छन् ।

पृथ्वीनारायण शाह र उनका दुई पटरानीको धातुको मूर्ति । तस्बिर: कपिलदेव खनाल

यो मूर्ति पहिले हनुमानढोकामा रहेको थियो, तर नेपालमा गणतन्त्र घोषणा भएपछि वि.सं. २०६६ सालमा विदुर नगरपालिका-५ मा रहेको देविघाटमा रहेको पृथ्वीनारायणको सालिक जनयुद्धकालमा बिस्पोट गरी ध्वस्त पारेको र पुन:सालिक स्थापनाको लागि नुवाकोट ल्याउने क्रममा उक्त मूर्तिहरु पनि नुवाकोट दरबारमा सारिएको हो।

इतिहासकारहरूका अनुसार, यो मूर्ति पृथ्वीनारायण शाहकै जीवनकालमा निर्माण गरिएको अनुमान गरिन्छ र यसलाई उनको आधिकारिक अनुहार मानिन्छ। उक्त मूर्तिमा पृथ्वीनारायण शाह दुई हात जोडेर बसेको मुद्रामा छन्, र उनीसँगै दायाँ र बायाँ दुई नारी पनि छन्, जसलाई उनका दुई पटरानी मानिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ