३१ जेठ, नुवाकोट । देवीघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका ३२ जना जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
त्रिशूली अस्पतालले विदुर नगरपालिका वडा नं ५ देवीघाटमा उक्त संस्थामा आश्रित जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।
ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा अन्तर्गत अस्पतालले प्रत्येक महिनाको अन्तिम शनिबार स्वास्थ्य उपचार सेवा दिँदै आईरहेको उनले बताए ।
उक्त शिविरमा चिकित्सको पुर्जाअनुसार निःशुल्क औषधि उपलब्ध गराएको छ ।
शिविरमा मनोरोग विशेषज्ञ डा. सन्देशराज उपाध्याय, डा. कैलाश विश्वकर्मासहितको विशेषज्ञ टोलीले सेवा दिएका छन् ।

प्रतिक्रिया