+
Search

ताजा अपडेट +

पपुलर +

४४ जनाले लिए कौसीखेती

डबली खबर
११ महिना अगाडी

१६ जेठ, नुवाकोट । विदुर नगरपालिकाका ४४ जना महिलाले पाँचदिने कौसी खेतीसम्बन्धी तालिम लिएका छन् ।

कौसी, बरण्डा तथा छतमा खेती गरिरहेका स्थानीय बासिन्दालाई कौसीखेती सम्बन्धी तालिम दिईएको हो ।

तीव्र शहरीकरणका कारण कृषियोग्य जमिन मासिँदै गएको अवस्थामा आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहनस्वरूप कौसी खेती सम्बन्धी तालिमको व्यवस्था गरिएको विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थले बताए ।

तालिमपछि सहभागीहरूलाई कौसी खेतीका लागि आवश्यक सरसामान वितरण गरिएको छ ।

प्रशिक्षकहरु मदनराज न्यौपाने, सविता घिमिरे र यसोधा रिजाल लगायतले सहजीकरण गरेको तालिममा बट्टारस्थित राधाकृष्ण महिलाहरुले सहभागी जनाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ