+
Search

ताजा अपडेट +

पपुलर +

नेप्से र सीडीएसको कार्यशैलीमा उजुरी

डबली खबर
११ महिना अगाडी

१ जेष्ठ, काठमाडौं । सेयर लिँदा दिइने कोड र आइजिन (इन्टरनेशनल स्ट्याण्डर्ड आइडेन्टिफिकेशन नम्बर)का बारेमा केही कर्मचारीहरुले गलत व्यवहार गरिरहेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेएका छन्।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका केही कर्मचारीहरुले व्यापारीसँग मिलेर एउटै कम्पनीका लागि सिंगल आइजिन र सिंगल कोड सिर्जना गरेर जाली धन्दा चलाएको आरोप लगाइएको छ। अमर लम्सालले यसो हुने र रोक्नका लागि उजुरी दर्ता गराएका छन्।

उनले भनेका छन्, कुनै कम्पनीले जब आईपीओ जारी गर्छ, तब संस्थापक र सर्वसाधारणका लागि छुट्टाछुट्टै सेयरको कोड र आइजिन दिनुपर्छ। तर, नेप्से र सीडिएससीले एउटै कोड र आइजिन दिएर लगानीकर्तामाथि भ्रम सिर्जना गरिरहेका छन्।

उजुरीमा भनिएको छ कि एउटै कोड र आइजिन भएको कारणले कतिपय लगानीकर्ताले नजानुकै लकिङ पिरियड नखुल्दै सेयर बिक्री गरेका छन्। यसै कारण, नेपालको सेयर बजारमा गडबडी भइरहेको छ।

उजुरीमा उल्लेख गरिएको छ कि नेप्से र सीडीएसले कम्पनीका संस्थापकसँग मिलेर फरक प्रकृतिका सेयरलाई एउटै बास्केटमा राखेर साना लगानीकर्तालाई धोका दिइरहेका छन्।

अर्थ मन्त्रालयको मिति २०६४ । १२ । १४ को पत्र अनुसार पनि कन्भर्जन नगरी सेयरको मूल्य पब्लिक सेयरको तुलनामा निकै कम हुनुपर्छ। तर, अबको कम्पनीले लकिङ खुल्नु भनेको कन्भर्जन भनेर सबको मूल्यमा बिक्री गरिरहेको छ।

अब छानविन गर्नुपर्छ कि नेपालमा नयाँ कम्पनीलाई पनि दुई फरक कोड र आइजिन दिनुपर्छ। यसअघि एउटै कोड र आइजिन भएका कम्पनीलाई आजका दिनमा पनि फरक कोड र आइजिन दिने व्यवस्था गर्नुपर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ