२९ वैशाख, रसुवा। पत्रकार बलराम घिमिरे सम्मानित भएका छन् । कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा पत्रकार घिमिरे सम्मानित भएका हुन् ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पत्रकार घिमिरेलाई सम्मान पत्रबाट सम्मान गरेका हुन् ।
घिमिरे कान्तिपुर टेलिभिजनका रसुवा संवाददाता हुन् । उनी उक्त विद्यालयको भुतपुर्व विद्यार्थी पनि हुन् ।
पत्रकारिता क्षेत्रमा संलग्न रहि समग्र रसुवा जिल्ला तथा विद्यालयलाई पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको विद्यालयले बताएको छ ।
यसैगरी विद्यालयले पूर्व विद्यार्थी तथा पत्रकारहरूमा हिमाल मिडियाका रमेशकुमार न्यौपाने,अन्नपूर्ण पोस्टका जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ रसुवाका पूर्व अध्यक्ष हेमनाथ खतिवडा र सगरमाथा टिभीका राधिका लो तामाङलाई सम्मान गरेको छ ।
यसैगरी विद्यालयका संस्थापक अध्यक्ष उत्तमप्रसाद न्यौपाने, सदस्य बागदल मोक्तान, सदस्य अमरबहादुर ढकाल, विद्यालय व्यवस्थापन समितिका हालसम्मका अध्यक्षहरू खेसम बहादुर मगर, बालचन्द्र पौडेल, भवानीप्रसाद ढकाल, रेबकुमार पौडेल, प्रेमबहादुर तामाङ, कृष्णबहादुर आचार्य, मेघनाथ घिमिरे, बिक्रम लोप्चन, तारा अधिकारी कार्की, उमेशबहादुर न्यौपाने, शिक्षाको चौतार्फी विकासमा योगदान गर्ने नवराज आचार्य, एसिया अनलुस (कालिका–३ रसुवा), तोयानाथ न्यौपाने (कालिका–३ रसुवा ) दुर्गाप्रसाद न्यौपाने (बलराम) कालिका–५ रसुवा रसुवा ट्रेक्स एण्ड एक्सपीडिसन प्रा लि,लाइ पनि सम्मान पत्र प्रदान गरिएकाे थियाे ।

प्रतिक्रिया