१६ वैशाख, नुवाकोट । आज भएको क्वार्टरफाईनल खेलमा विभागीय टोली एपीएफ फुटबल क्लब विजयी भएको छ ।
जारी बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको मङ्गलबार (आज) भएको खेलमा एपीएफले पद्मा स्पोर्ट्स क्लबलाई निर्धारित समयमा ४-० गोल अन्तरले पराजित गरेका छन् । योसँगै एपीएफ सेमिफाइनल प्रवेश गरेको छ ।
खेलको पहिलो हाफमा एपीएफकी अनिता केसीले २ गोल गरिन्। यसैगरी एपीएफकी रश्मीकुमारी घिसिङ र गीता रानामगरले १/१ गोल गरिन् ।
खेलमा एपीएफकी रेनुका नगरकोटी ‘प्लेयर अफ दि म्याच’ भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।
बुधवार (भोलि)देखि सुरु हुने सेमिफाइनलको पहिलो खेल नेपाल पुलिस फुटबल क्लब र सङ्कटा फुटबल क्लबबीच हुनेछ ।
यस्तै, बिहीबार १८ गते बिहीवार एपीएफले रौतहट फुटबल क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया