१० वैशाख, नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शाखा प्रबन्धकस्तरीय प्रशिक्षण गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै संस्थाका सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाण्डेले वर्तमान अवस्था र चुनौती सम्बद्धमा आवश्यक निर्देशन दिनु हुदै मन, वचन तथा कर्मबाट योगदान गर्न कर्मचारीहरुलाई प्रेरित गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले अर्थतन्त्रमा देखिएको प्रतिकूल परिस्थितिलाई सहजै ग्रहण गर्न यस गोष्ठीले प्रबन्धकहरु सक्षम भइ बजारमा आफुलाई स्थापित गर्न सक्नु पर्नेमा जोड दिए ।
प्रशिक्षणमा युवापुस्ताका उत्प्रेरणा तथा पूर्व बैंकर अनिल केशरी शाह, लघुवित्त विज्ञ नुमनाथ पौडेल र अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्टले सहजीकरण गरेका थिए ।
पोखरामा आयोजित दुई दिने कार्यक्रममा संस्थाका एक सय ४९ शाखाका शाखा प्रबन्धकहरु, प्रदेश कार्यालयका प्रमुख, १९ वटा अनुगमन कार्यालयका प्रमुख तथा केन्द्रीय कार्यालयका विभिन्न विभागका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया