+
Search

ताजा अपडेट +

पपुलर +

वडा अध्यक्ष न्यौपाने सम्मानित

डबली खबर
१ साल अगाडी

चैत २८, नुवाकोट । गुडविल एकेडेमीले विदुर नगरपालिका-५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेलाई सम्मान गरेको छ ।

विद्यालयले आज एक कार्यक्रमका बीच विद्यालयका अध्यक्ष शिवप्रसाद गजुरेलले अध्यक्ष न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका हुन् ।

सामुदायिक र निजिगत शिक्षामा रहेको विभेदिकरण न्यून गर्न विदुर नपा-५ नम्बर वडाभित्रका विद्यालयका उत्कृष्ट एसईइ विद्यार्थीलाई समान रुपले पुरस्कृत गरेको हुनाले अध्यक्ष न्यौपानेलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रामराजा कुमालले जानकारी दिए ।

यसैगरी, विद्यालयले शिक्षा, संस्कार र सफल भविष्यका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुको शैक्षिक, मानसिक र पारिवारिक विकासलाई थप प्रभावकारी बनाउन जीवन जिउने कला तथा अभिभाकत्व प्रशिक्षण दिएको थियो ।

प्रशिक्षणमा मनोपरामर्शदाता इश्वर श्रेष्ठले सहजीकरण गरेका थिए । उनले संस्कारयुक्त परिवार, शिक्षा र अभिभावकत्व, बाल मनोविज्ञान, डिजिटल युगमा अभिभावकत्वलगायतका प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ