+
Search

ताजा अपडेट +

पपुलर +

तामाङ उत्कृष्ट व्यवस्थापक

pramila gurung reward from best of the manager in Nuwakot cooperative
डबली खबर
१ साल अगाडी

२० चैत, नुवाकोट । जिल्ला सहकारी सङ्घ नुवाकोटले प्रमिला तामाङ उत्कृष्ट व्यवस्थापकबाट सम्मानित गरेको छ ।

आज बुधबार ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच ग्लोबल उपभोक्ता सहकारी संस्थाका व्यवस्थापक रहेकी तामाङलाई उत्कृष्ट व्यवस्थापकबाट सम्मान गरिएको हो ।

बागमती प्रदेश सभासदस्य रमेशकुमार महतले तामाङलाई सम्मान पत्रसहित खादा ओढाई सम्मान गरेका हुन् ।

तामाङले सहकारीमा २०७४ देखि कार्य गर्दै आई रहेकी थिईन् ।

सहकारी संस्थाको प्रबर्द्धन, विकास र संस्थागत सुशासनमा उल्लेखनीय भूमिका निर्वाह गरि योगदान पुर्याएकोले उच्च मूल्यांकन गर्दै तामाङलाई सम्मान गरिएको सङ्घका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

यसैगरी, छहारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक नारायणप्रसाद खनाललाई उत्कृष्ट सञ्चालक र आदर्श बहुद्धेशीय सहकारी संस्था लिमिटेडका बुद्धिलाल श्रेष्ठलाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको छ ।

त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सबैभन्दा बढी राजश्व बुझाउन सफल भएको सम्मान गरेको छ ।

दुई पिपल साना किसान महिला सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरिएको छ ।

यसैगरी, सङ्घका पूर्वअध्यक्ष गोकर्णनाथ न्यौपानेलाई सहकारी अभियन्ताबाट सम्मान गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ