+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा सापकोटा

Federation of Nepalese Industries and Entrepreneurs election assembly
डबली खबर
१ साल अगाडी

१० चैत, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित भएका छन् ।

महासङ्घको तेस्रो महाधिवेशनले सापकोटालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

महासङ्घको उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ र महिलातर्फ शोभा गुरुङसर्वसम्मत रूपमा चयन भएका छन् ।

महासङ्घको महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा डिमप्रसाद पौडेल, सचिवहरुमा गोपाल खनाल, रामराजा श्रेष्ठ, डोलनाथ खनाल र सरोज यादव चयन भएका छन् ।

महासङ्घको तीन आयोगहरूमा लेखातर्फ राजकुमार तिमिल्सिना, निर्वाचनतर्फ टंक राउत र अनुशासनतर्फ बालाराम भट्टराई चयन भएका छन् ।

उक्त महाधिवेशनले क्षेत्रगत रुपमा ९९ सदस्य केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले महासङ्घमा नेतृत्व सम्हालनेसँगै देशभरका सम्पूर्ण उद्योग व्यवसायीको हकहितमा काम गर्ने बताए । महासङ्घलाई साना, घरेलु देखि मझौला तथा ठूलो उद्योगी व्यवसायीको प्रतिनिधित्व हुने गरी छाता संगठनको रुपमा अझ सशक्त ढंगले अघि बढाउने बताए । अहिले धेरै उद्योगी व्यवसायीहरु समस्यामा परेका छन् । उनीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ