+
Search

ताजा अपडेट +

पपुलर +

सिजि मोटर्सको ‘घरदैलो चेकअप क्याम्प’

cg motor free door to door checkup camp in Nuwakot Trishuli
डबली खबर
१ साल अगाडी

५ चैत, नुवाकोट । सिजी मोटर्सको आयोजनामा मङ्गलबार त्रिशूलीमा विद्युतीय सवारीसाधनको नियमित परीक्षण सुरु गरिएको छ ।

टिमुरे यातायात प्रालिकोको सहकार्यमा दक्ष प्राविधिकसहित टोलीले विद्युतीय सवारीसाधनको अवस्था तथा परीक्षण र चालकहरुलाई जनचेतनामुलक कार्यक्रम गरिएको कम्पनीका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

कम्पनीले गाडी चालक तथा धनीहरुलाई नियमित परीक्षण गर्न मर्मत केन्द्रमा आउन नपरोस भन्ने हेतुले ‘निःशुल्क घरदैलो चेकअप क्याम्प’ गरेको कम्पनीका बजार प्रबन्धक अशोक पँगेनीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख आशुतोष शाहीले चालक तथा सडक सुरक्षासहित ट्राफिक नियम सम्बन्धी जानकारी दिएका थिए ।

कार्यक्रममा बजार प्रबन्धकद्वय पँगेनी र रजनीश प्रियदर्शीले विद्युतीय सवारीसाधन र ब्याट्री सुरक्षा, भारवहन क्षमतालगायत प्राविधिक जानकारी दिएका थिए ।

सिजिले देशका प्रमुख सहरहरुमा विद्युतीय सवारीसाधनको जाँच गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ