४ चैत, नुवाकोट । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नुवाकोटमा घुम्ती शिविर सुरु गरेको छ । कार्यालयले स्थानीय तहमै पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि शिविर सुरु गरेको हो ।
शिविरका निरीक्षक पवन चन्दले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि शिविर परिचालन गरिएको जानकारी दिए ।
कार्यालयले आज चैत ४ गतेदेखि ८ गतेसम्म नुवाकोटको विदुर नगरपालिका क्षेत्रका प्रमुख बजारमा घुम्ती शिविरमार्फत् तरकारी, खाद्य व्यवसाय, सुन चाँदी व्यवसायलगायतमा प्रयोग भईरहेको तौलने यन्त्रको गुणस्तर तथा नापतौल सुरु गरेको छ ।
नुवाकोट उद्योग वाणिज्य सङ्घको सहकार्यमा भएको शिविरमा नापतौल अनुमति नलिने व्यवसायीलाई रु एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्दै आइएको निरीक्षक चन्दले बताए ।

प्रतिक्रिया