+
Search

ताजा अपडेट +

पपुलर +

गेर्खुमा स्वास्थ्य चौकी भवन उद्घाटन

gerkhu health post inaguration
डबली खबर
१ साल अगाडी

२६ फागुन, नुवाकोट । विदुर नगरपालिका-११ डाँडागाउँस्थित गेर्खु स्वास्थ्य चौकी भवनको सोमबार उद्घाटन गरिएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना धादिङ द्वारा निर्मित भवनको नगरपालिकाका मेयर राजन श्रेष्ठले एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठ र उपमेयर प्रभा बोगटीले नगरबासीको स्वास्थ्यमा प्रतिबद्ध रहेको बताएका छन् । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको भन्दै उनले नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर र जिम्मेवार रहेको उल्लेख गरेका छन् । 

स्वास्थ्य चौकीभवनको निर्माणसँगै वडाका जनताले छिटो, छरितो र सुलभ ढङ्गबाट स्वास्थ्य सेवा पाउने विश्वास लिएको ११ नम्बर वडाका अध्यक्ष बाबूराम तमाङले बताए ।

स्वास्थ्य चौकी भवन उद्घाटनसँगै महिलाहरुको लागि प्रजनन स्वास्थ्य शिविर र समुदायस्तरमा क्षयरोग सम्बन्धि सक्रिय खोजपड्ताल कार्यक्रम गरिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ