+
Search

ताजा अपडेट +

पपुलर +

महिला उद्यमशीलताकी ज्वलन्त ‘संगीता’

sangita pandit om shivam bakery industries in Nuwakot
डबली खबर
१ साल अगाडी

२१ फागुन, नुवाकोट । महिला उद्यमशीलताको ज्वलन्त उदाहरण हो, उद्यमी संगीता पण्डित । विदुर नगरपालिका–२, हुलाकमार्गस्थित सामुदायिक आँखा अस्पताल अगाडी रहेको आफ्नै घरमा उनको उद्योग सञ्चालनमा छ ।

०७६ सालमा करिब १५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको उद्योग अहिले सदरमुकाम विदुरमा ‘जय शिवम् बेकरी उद्योग’ सञ्चालन गर्दै आईरहेकी छिन् । बेकरी सञ्चालन गरेर बेकरी क्षेत्रमा अलग पहिचान बनाउन प्रयत्नरत छिन् ।

यसघि पति जितेन्द्र पण्डितले गौरीबेंसीमा यो उद्योग सञ्चालनमा ल्याएका थिए । तर, बजार विस्तारको लागि गाउँबाट विदुरमा स्थान्तरण गरेकी हुन् । बेकरी उत्पादनमा सीप भएका पतिसँग सीप सिकेर उनले बेकरीको ज्ञान प्राप्त गरेकी हुन् ।

उद्योगबाट पाउरोटी, दुनोट, केक, पप, क्रिमरोल जस्ता विभिन्न प्रकारका वेकरी सामान उत्पादन हुन्छ । उनले स्कुटरको माध्यमबाट विदुर, बट्टार, पिपलटार, बेत्राबतीलगायतका क्षेत्रमा आफ्नो उत्पादन बिक्री वितरण गर्छिन् ।

पछिल्लोसमय आर्थिक मन्दीका कारण व्यापारमा परिश्रमअनुसार व्यापार वृद्धि नभएको गुनासो गरिन् । जिल्लामा साना, मझौला र ठुला बेकरी उद्योगको धेरै हुनुको एकातर्फ चुनौती उनले भनिन् ।

उनले अहिले तीन जनालाई रोजगारी दिएकी छिन् । परिवारकै सदस्यलाई काम दिएकी छिन् । बेकरीबाट परिवारको दैनिक गुजारा मात्र नभई दुई छोराहरूलाई राम्रो शिक्षा दिने अवसर समेत उनले पाइरहेकी छिन् ।

महिला उद्यमीहरूले आत्मनिर्भरता मात्र होइन, समाजमा उदाहरणीय परिवर्तन ल्याउन सक्छन् भन्ने कुराको प्रमाण उनी स्वयं बनेकी छिन् । उनको संघर्ष र सफलता धेरै महिलाहरूका लागि प्रेरणादायी छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ