+
Search

ताजा अपडेट +

पपुलर +

धनेश्वर महादेव मन्दिर उद्घाटन

dhaneshwar mahadev mandir inauguration by arjun narsingh kc
डबली खबर
१ साल अगाडी

१४ फागुन, नुवाकोट । पूर्वमन्त्री अर्जुननरसिंह केसीले विदुर नगरपालिका-२ विदुरमा निर्माण भएको धनेश्वर महादेव मन्दिर उद्घाटन गरेका छन् ।

आज एक कार्यक्रमकाबीच पूर्वमन्त्री केसीले राधाकृष्ण मन्दिर परिसरमा निर्मित धनेश्वर महादेवको मन्दिर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री केसीले धार्मिक सहिष्णुता बढेपनि समाजमा पापको मात्रा उत्तिकै बढी रहेको बताए । धर्मको मर्मलाई सेवासँग जोड्ने प्रवृत्ति कमजोर भएकोले त्यसको विकासको लागि लाग्नुपर्ने बताए । पूर्वमन्त्री केसीले सानो बजेटको योजना स्थानीय सरकारको मातहतमा हुने भएकोले राष्ट्रियस्तरको योजनामा सङ्घीय सांसदमाझ राख्न अनुरोध गरे ।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, २ नम्बर वडाका अध्यक्ष दीपक कायस्थलगायतले मन्तव्य राखेका थिए ।

उपभोक्ता समितिमार्फत विदुर नगरपालिकाबाट पाँच लाख विनियोजन भएको रकमबाट मन्दिर निर्माण गरिएको मन्दिर संरक्षण संस्थाका सचिव सुमन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ