७ फागुन, नुवाकोट । व्यवसायिकहरुको समुह बट्टार ब्रर्दस ग्रुपको १०औं वार्षिक साधारणसभा आज बुधबार भएको छ ।
साधारणसभाको उद्घाटनमा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रममा विदुर नपा-२ र ४ का वडाध्यक्षहरु द्वय दिपक कायस्थ र निलमबाबु ढुङ्गेल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको गतिविधि र आगामी कार्यक्रमबारे जानकारी गराएक थिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा एक लाख ४७ हजार रुपैँया सहयोग गरेको उनले जानकारी दिए ।
सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहित अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

प्रतिक्रिया