४ फागुन, विदुर । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति नुवाकोटको अध्यक्षमा जगदीश खनाल चयन भएका छन् ।
शनिबार भएको संस्थाको चौथौँ अधिवेशनबाट खनाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
खनालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा सुजित भण्डारी, महिला उपाध्यक्षमा प्रितिका थापा, सचिवमा प्रल्हाद पुडासैनी, सहसचिवमा दिपेश न्यौपाने, समावेशी सहसचिवमा सुनिता गुरुङ, कोषाध्यक्षमा द्वारिका प्याकुरेल चयन भएका छन् ।
सदस्यहरूमा पुण्यप्रभा ढुङ्गाना, करुणा लामिछाने, पार्वती बिक र विनिता पनेरु चयन भएका छन् ।

प्रतिक्रिया