+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा लागूऔषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान सुरु

anti drug program in Nuwakot
डबली खबर
१ साल अगाडी

१ फागुन, विदुर । नुवाकोटमा लागूऔषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान सुरु गरिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा विदुर नगरपालिकाको दम्कीदेखि बट्टार बजारसम्म प्रभातफेरी गरी सुरु गरिएको हो ।

प्रभातफेरीपश्चात् कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले लागूऔषध दुर्व्यसनले युवापुस्तामा पार्ने नकारात्मक प्रभावबारे चर्चा गर्दै सचेतना कार्यक्रमले समाजलाई सकारात्मक दिशा दिने विश्वास व्यक्त गरे । लागू औषध दुर्व्यसनको असर, नियन्त्रणका उपाय र विद्यार्थी तथा अभिभावकको भूमिकाबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा निजामती कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थीलगायतको सक्रिय सहभागिता रहेको थियो।

तीन महिनासम्म सञ्चालन हुने अभियान अन्तर्गत विभिन्न विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम गरिने प्रम्जुख जिल्ला अधिअकरिले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ