+
Search

ताजा अपडेट +

पपुलर +

होटल रेष्टुरेण्टको सङ्ख्या एक लाख ४२ हजार

hotels in nuwakot
डबली खबर
१ साल अगाडी

१३ माघ, काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा होटल तथा रेष्टुरेण्ट व्यवसाय सबैभन्दा धेरै सञ्चालनमा रहेको देखिएको छ।

कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० सम्ममा मात्रै होटल तथा रेष्टुरेण्टको सङ्ख्या एक लाख ४२ हजार २२३ रहेको छ ।

देशभरका होटल तथा रेष्टुरेण्टमा काम गर्ने मजदुरहरूको सङ्ख्या एक लाख छ हजार ४५९ रहेका छन् ।

गत आर्थिक वर्षमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलबी कामदारहरूको लागि तलब, ज्याला र सुविधामा मात्रै करिब २० अर्ब ६१ करोड ५० लाख खर्च भएको तथ्याङ्क विभागले जनाएको छ ।

बागमती प्रदेशमा सबैभन्दा धेरै र सबैभन्दा कम कर्णाली प्रदेशमा होटल तथा रेष्टुरेण्ट व्यवसाय रहेका छन् । तथ्याङ्कमा ५२ हजार १ सय २३ वटा होटल तथा रेष्टुरेण्ट बागमती र ७ हजार १ सय १० वटा कर्णाली प्रदेशमा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ